प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक सुरु भएको छ । हिजोका लागि तय बैठक नेकपा ९एमाले०का सांसद अनुपस्थित भएपछि आज सारिएको थियो ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रस्ताव राख्ने समय दिएका छन् ।

०७८ कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । मुख्यमन्त्री राईले आफूलाई विश्वास गरी गठबन्धनका तर्फबाट विश्वासको मत दिन आग्रह गरेका छन् ।

राईले भने, “मंगलबारकै बैठकमा आफूले विश्वासको मत लिन चाहेको तर विपक्षीको अनुपस्थितिमा बैठक सरेको भए पनि आज मेरै पक्षमा मतदान गर्नुहुनेछ भन्ने विश्वास छ ।” भर्खरै बनेको सरकार विशिष्ट राजनीतिक परिस्थिति उत्पन्न भएपछि गठन हुन पुगेको उनले बताए ।

केही समयअगाडि मुलुकको परिवर्तन र संविधानलाई कमजोर गर्ने प्रयत्न भएको र त्यसको पक्षरविपक्षमा राजनीतिक दलहरू विभाजित भएको भन्दै उनले अहिलेको परिस्थिति बनेको बताए । उनले भने, “यो सरकार परिवर्तनको बाहक भएकोले सबैले समर्थन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।”

सभामुख भण्डारीले बैठकको सुरुमा मुख्यमन्त्री तथा मन्त्रीहरू नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

पूर्ववर्ती सरकार संविधानसम्मत ढंगले गठन हुन नसकेको र संविधानका धारा उल्लंघन गर्दै गएको आरोप मुख्यमन्त्री राईले लगाए । उनले एमालेका सांसदहरूलाई पनि आफूलाई मत दिन आग्रह गरे ।

प्रदेशसभाको बैठकमा मत विभाजन गरी राईले विश्वासको मत लिनेछन् । सत्ता गठबन्धन दलसँग ५० मत छ । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेसँग ४० र राप्रपासँग एक मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah