काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६४.९४५ ले थोरै हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ३०.६०५ बाट घटेर १ अर्ब ५९ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।
हाल साल्ट ट्रेडिङको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोषमा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६६ पैसा छ ।



