सुनसरी, २०७८ मंसिर ०७ गते ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक्राउ गर्न फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी प्रहरी परिचालन गर्दा गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

यसरी ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी ११९ वर्ष ८ महिना ८ दिन कैद र २६,७२,९०६।   (छव्विस लाख वहत्तर हजार नौसय छ) जरिवाना असुल भएको छ । फरार प्रतिवादी पक्राउकै शिलसिलामा डाका मुद्धामा ६ बर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालिन चाँदवेला – १ ९हाल ईनरुवा – ७० वस्ने अजित मियाँलाई सोमवार दिउँसो पक्राउ गरेको छ । पक्राउ परेका मियाँ लगायतका ३ जनाको समुहले २०६८ सालमा रामधुनी (५ निवासी जैयस कुमार साहको घरमा डाँका गरेका थिए ।

सम्मानित जिल्ला अदालत सुनसरीको २०७५।३।११ गतेको फैसलावाट उक्त घटनामा संलग्न तिनैजनालाई जनही ६ वर्ष कैद तथा ९९,०००।– जरिवाना फैसला भएको थियो । यसरी फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी कार्य गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकै दिन ४२ जना सहित गत ४ महिनामा ५६५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah