अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ । मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएका छन् । ‘प्रिन्स जर्ज काउन्टीमा सोमबार सडक पार गर्ने क्रममा मारिने ती महिला दोस्रो व्यक्ति हुन्’, प्रहरीले भने।

प्रहरीका अनुसार ती महिलालाई सपर्सस्थित चिकित्सा केन्द्र (मेडिकल सेन्टर ड्राइभ) बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कारले ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । उनको शव शरीर नेपाल पठाउनको लागि नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए । मृतक आईओएममा कार्यरत थिइन् । उनी आईओएम अन्तरगत दुई महिनाअगाडि अफगानिस्तानबाट अफगानी शरणार्थीहरुसंगै अमेरिका काम गर्न आएकी थिइन् ।