विहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन प्रतितोला सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि बुधबार छापावाला सुन तोलाको ९३ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामामा १२२५ मा कारोबार भएको थियो ।