भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक जना वृद्ब गम्भीर घाइते भएका छन्।

भालुको आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएको हो । उहाँलाई आज बिहान भालुले आक्रमण गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो ।

वृद्धको अवस्था गम्भीर रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । राईलाई उपचारका लागि लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।