वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्ममा कैफियत भेटिएको छ । विभागले खाद्यान्न तथा किराना पसल, फार्मेसी, ग्रोसरी, डिपार्टमेन्ट स्टोर, दूग्धजन्य पदार्थ तथा बेकरी, फलफूल तथा तरकारी गरी ३ सय ८८ फर्ममा अनुगमन गरेको थियो ।

जसमध्ये आधा फर्मलाई आर्थिक जरिवाना गरिएको विभागका निरीक्षक अधिकृत धनेश्वर पौडेलले बताए । ‘सामान्य गल्ती देखिएकोलाई सुधार गर्न निर्देशन दिएका छौँ । तर, ठूलै गल्ती हुँदा जरिवाना गर्ने हो,’ उनले भने, ‘बिलबिजक जारी नगर्ने लगायतका ठूला गल्ती गर्ने १ सय ७६ कम्पनीलाई जरिवाना गरेका छौँ ।’

ती कम्पनीबाट १६ लाख ५५ हजार राजश्व संकलन भएको उनले बताए । यस्तै ८८ कम्पनीलाई आवश्यक कागजात पेश गर्न वा स्पष्टीकरणको लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । ती कम्पनीहरुले चित्तबुझ्दो जवाफ नदिए आर्थिक जरिवाना गरिने पौडेलले बताए ।

विभागले १ सय २४ फर्मलाई तत्काल सुुधार गर्न निर्देशन दिएको छ । ‘सिजनल व्यापारमा धेरै कैफियत देखिन्छ । उपभोक्ताको भीडभाड हुने ठाउँकै पसलमा विकृति देखियो,’ पौडेलले भने, ‘अनुगमन भएका सबै फर्मलाई सुधार गर्न निर्देशन दिएका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah