मोरङमा आमा र बहिनीको कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट हिजो राति मृत्यु भएको हो ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया बातियो उराउबीच शनिबार साँझ घरायसी विवाद भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवादमा आमा बातियो र बहिनी ३० वर्षकी रिता उराउले बाँसको लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने दुबैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।