महोत्तरीमा घरबाट बोलाएर धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका–६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डलको हत्या गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगलबार राति मण्डलको आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आर्चायले जानकारी दिए ।

बिहान महिलाको हत्या गरिएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

राति ढोका लगाएर घरमा बसिरहेका बेला बाहिरबाट अपरिचित व्यक्तिले उनलाई बोलाएर घरबाट केहि पर लगि धारिलो हतियार प्रहार गरेर हत्या गरेको मृतकका छोराले बयान दिएको प्रहरीले जनाएको छ ।

मृतकका पती सुरेन्द्र वैदेशिक रोजगारको शिलशिलामा भारतको पञ्जाबमा छन् ।