त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दुई दिनमै २६ किलो भन्दा बढी सुन नेपाल भित्रिएको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा सुन तस्करी हुँदै आएको खुलेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले मंगलबार ११ किलो र बुधबार १५ किलो १६ ग्राम सुन नेपाल भित्रिएको जानकारी दिए । उनले भने, ‘मंगलबार २२१ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएका थिए । उनीहरुबाट ११ किलो सुन बरामद भएको थियो । जसमध्ये १४७ जना यात्रुले ६ केजी ९८२ ग्राम सुनको भन्सार महसुल तिरे भने बाँकी चार केजी सुन भन्सार विभागले बरामद गरेको छ ।’ साथै उनले उक्त परिणाममा भित्रिएको सुनबाट ६७ लाख ३० हजार ९१२ रुपैयाँ राजश्व संकलन भएको समेत बताए ।
त्यस्तै उनले मंगलबार भन्दा बढी बुधबार सुन नेपाल भित्रिएको बताए । उनले भने, ‘बुधबार ३२६ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन सहित नेपाल भित्रिएका थिए । उनीहरुको साथमा १५ किलो १६ ग्राम सुन थियो । जसमध्ये उनीहरुले १३ किलो १२ ग्राम सुनको भन्सार महसुल तिरे भने बाँकी सुन भन्सार विभागले बरामद गरेको छ ।’ साथै उनले उक्त परिणाममा भित्रिएको सुनबाट एक करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको समेत बताए ।

मंगलबार र बुधबार साँझसम्म भन्सार र प्रहरीले उक्त परिणाममा नेपाल भित्रिएको सुन नियन्त्रणमा लिई भन्सार तिर्न लगाएको उनले जानकारी दिए । उनका अनुसार भन्सार कार्यालय र प्रहरीले यस्तो तस्करीविरुद्ध सोमबारबाट कारबाही अभियान सुरु गरेको छ । सुनलाई गहनाको आकार दिएर तस्करी हुने गरेको पाइएपछि यस्तो कारबाही थालिएको हो ।

उनले भने, ‘५० ग्रामसम्म सुनका गहना भन्सारविना नै ल्याउन सकिने सुविधा छ, त्यसको व्यापक दुरुपयोग भएको पाइएपछि हामीले विमानस्थलमा कारबाही अभियान सुरु गरेका हौँ ।’ यसरी नियन्त्रणमा लिइएकालाई भन्सार कार्यालयले प्रति १० ग्राम नौ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिराएको उनले जानकारी दिए ।

विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah