के बि महरा/ कैलाली
कैलालीको चुरे गाउँपालिका क्षेत्र भित्रका विभिन्न स्थानमा रहेका ग्रामीण सडक निर्माणमा ढिलाई भएको छ ।

चुरे गाउँपालिकाको ३ नम्बर वडा क्षेत्रमा पर्ने बगैचुला-घोगाडी,
बगैचुला-मस्से जाने ग्रामीण सडक अबरुद्ध भएको महिनौँ बितिसक्दा समेत स्थानीय वडाले तदारुकता नदेखाउँदा अँझै अन्यौल कायम रहेको छ । 

स्थानिय उत्पादन बजार लैजान तथा आवतजावतका लागि समेत समस्या भएको स्थानीयले गुनासो गरेका छन् ,तथापि उक्त अबरुद्ध ग्रामीण सडक निर्माण तथा मर्मतका लागि आफुले दुईदिन भित्र मेशिन(जेसिभी) पठाई सक्ने चुरे गाउँपालिका ३ न. वडा अध्यक्ष टेक बहादुर शाहले सवालनेपाललाई बताएका छन् ।



