संयुक्त राष्ट्रसंघले विश्वभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले हिजो बिहीबार मानवीय सहायतअन्तर्गत आगामी वर्ष विश्वभर उक्त रकम पठाउने प्रतिज्ञा गरेको हो।

संघले मानवीय सहायताअन्तर्गत आगामी वर्ष अर्थात् सन् २०२२ मा विश्वभर पठाउन लागेको उक्त रकम हालसम्मकै उच्च भएको जनाइएको छ । विश्व महामारी, जलवायु संकट, द्वन्द्व आदिका कारण संसारका विभिन्न मुलुकमा मानवीय सहायताको खाँचो बढेकोले संघले उक्त रकम पठाउन लागेको संघको मानवीय सहायता एजेन्सी ओसिएचएले बताएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघले करिब ४ वर्षअघि सन् २०२१ सम्मका लागि करिब ३५ बिलियन अमेरिकी डलर विश्वभर पठाएको थियो।