दमक मङ्सिर १७ : सिम्रिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड सेवाकेन्द्र पाडाजुगिको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मङ्सिर १७ गते बिहीवारका दिन यस् सिम्रिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड बिर्तामोद ४ सेवाकेन्द्र पाडाजुगिले संस्थाका सचिव श्री इन्द्रबहादुर कार्की ज्यु को अध्यक्षतामा तथा डम्मर बहादुर निरौला ज्युको प्रमुख आतिथ्यता सँगै अतिथीहरु गगाँ प्रसाद चापागाँई र श्री हरिभक्त आचार्य ज्युको उपस्थितिमा सस्थाको ११औं साधारण सभा सम्पन्न गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सहकारी रजिस्ट्रार को कार्यालय इटहरी को साधरण सभा सन्चालन सम्बन्धि इकाइगत सेवा सन्चालन गर्न यश सेवा केन्द्रको कुल शेयरशदस्य ११५१ जना मध्ये ६०२ जना ५१ प्रतिशत को उपस्थितमा पाडाजुगि स्थित होटल रोड स्टार एण्ड पार्टीप्यालेस पाडाजुिगमा सेवा केन्द्रगत साधारण सभा सम्पन्न भएको हो।

शेयर सदस्य तथा मानिसहरुमा आर्थिक तथा सामाजिक तवरमा सेवा पुर्याउने उदेश्यले स्थापना भएको यस् सस्थाले ३३ वटा सेवा केन्द्रबाट विभिन्न स्थानमा सेवा प्रवाह गरिरहेको छ ।