हालसालै राजधानीमा सञ्चालनमा आएको पाँच तारे होटल ‘हायात प्यालेस’ साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा जुटेको छ । होटलले आईपीओ निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटलसँग सहमति समेत गरिसकेको छ ।

हायात प्यालेसका अध्यक्ष शक्ति गोल्यानले कुल लगानीको १० प्रतिशत आईपीओ बिक्री खुलाउने तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हामीले आफ्नो तर्फबाट जतिसक्दो चाँडो आईपीओको बिक्री खुलाउने योजना बनाएका छौं ।’

यसका लागि हाल कम्पनीको डकुमेन्टेसनको काम भइरहेको छ । क्यापिटलले हायात प्यालेसले आईपीओ जारी गर्न चाहिने सम्पूर्ण विवरण तयार पारिरहेको गोल्यानले बताए । भने, ‘धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएलगत्तै बिक्री गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय