धेरै जना दिनको सुरुवात एक कप गरम कालो कफीबाट गर्छन् । तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जो स्वास्थ्यका लागि सजगता अपनाउँछन्, कालो कफीबाट हुने नोक्सानका अफवाह सुनेर यसबाट दूर रहन चाहन्छन् । जबकि कफीबाट हुने नोक्सानभन्दा फाइदा धेरै छन् ।

ब्ल्याक कफीमा म्याग्नीज, पोटासियम, म्याग्नेशियम, भिटामिन बी–६, भिटामिन बी–३, राइबोफ्लेविन (भिटामिन बी–२) पाइन्छ । यस्ता भिटामिनले हार्ट अट्याक तथा मुटुसँग सम्बन्धित रोगबाट बचाउँछ ।

यसका अतिरिक्त ब्ल्याक कफीमा क्याफिनको मात्रा पाइन्छ । जो तपाईको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एन्टीअक्सिडेन्ट्सयुक्त कफीले पार्किन्सन, अल्जाइमर जस्ता रोगको जोखिम पनि कम गर्छ । ब्ल्याक कफीले तपाईको मुडलाई पनि सही गर्छ ।

कति कफी पिउने ?
विशेषज्ञहरूको सुझाव छ कि एक व्यक्तिले एक दिनमा ४०० मिलिग्रामभन्दा बढी कफी पिउनु हुँदैन । क्रीम र अतिरिक्त चीनी विना नै कफी पिउनु लाभदायक हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय