काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य सात सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा सात सय रुपैयाँले बढेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।



