झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन्।

उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो।

उनको त्यहाँ उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह अनुसार घर फर्काउने क्रममा शुक्रबार राति मृत्यु भएको कार्यालयले जनाएको छ।

कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।