सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । बजार खुले डेढ घण्टा बित्दा बजारमा भारी अंकको गिरावट आएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५२.६९ अंकले घटेर २४६१.८१ बिन्दुमा झरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो अवधिसम्म २१८ कम्पनीको ४३ लाख ६१ हजार ११२ कित्ता सेयर बजार खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३६ लाख ६१ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।