फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको अत्याधुनिक सुविधासम्पन्न चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ ।मापदण्डविपरित होटल बनाएको भन्दै २६ मिलियन पाउण्ड लगानीमा बनेको होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो। अर्जेन्टिनी कप्तान मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए।७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ।

होटलमा पाँच वटा जुनियर सुइट र एउटा सुइटरूमसहित ७७ वटा कोठा छन्। यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ। द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सात पटकका बालेन डी ओर विजेता मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको बेला थाहा नभएको प्रतिक्रिया दिएका छन्। अन्य विषयमा उनले केही प्रतिक्रिया दिएनन्।