काठमाडौंको कीर्तिपुरमा एक महिलाको शव भेटिएको छ। ढोकाको बाहिरबाट ताला लगाएको कोठाभित्र महिलाको शव भेटिएको हो।

मंगलबार दिउँसो करिब १ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ४ राराहिल चोकस्थित एक घरमा महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोजपुर घर भई कीर्तिपुरकी शारदा धमलाको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी ६०-६५ वर्षीया मीना कार्की मृत फेला परेकी हुन्। उनी आफ्ना छोरासँग बस्थिन्। प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार उनी बन्द कोठामा भेटिएकी थिइन्। उनको मृत्युको कारण के हो भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ।

‘अहिले घटनाको कारण खुलिसकेको छैन। हामी अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक ठाकुरले भने। शवको पो’ष्ट’मार्टमको लागि महाराजगञ्जस्थित अस्पतालमा लगिएको छ।

पक्राउ परेका सूर्यले भने प्रहरीसँगको बयानमा आफ्ना लागि स्लिपिङ ट्याब्लेट किनेर ल्याएको र उक्त औषधि आमाले झुक्किएर खाँदा मृत्यु भएको बताएका छन्। आमाको मृत्यु भएपछि सहन नसकेर ढोकामा ताल्चा लगाएर हिँडेको उनको भनाइ छ। आमा भने सुगर र प्रेसरको औषधि खाँदै आएको बताएका छन् । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।