त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ अर्ब रुपैयाँको सुन भित्रिएको छ । विमानस्थलका अनुसार सात दिनमा साढे ५ अर्ब रुपैयाँको सुन भित्रिदा ७ करोड राजश्व संकलन भएको छ ।भन्सार प्रमुख महेश भट्टराईले नेपालबहस डटकमसँग कुराकानी गर्दै एक सातामा विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको बताए ।मंसिर १३ गते सोमबारदेखि १९ मंसिरसम्मको ७ दिनको अवधिमा एक हजार ५३० यात्रु सुन बोकेर नेपाल आएका थिए । उनीहरुले ७२ किलो ७ सय ग्राम छापावाल सुन नेपाल भित्र्याएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । फेला परेका सुनको भन्सार तिराएर यात्रुलाई नै फिर्ता दिइएको छ ।अवैध भन्दै झिटिगुण्टा सुविधामा कर लगाउने तर सुन ल्याउने वास्तविक श्रमिक हुन् वा तस्कर भन्ने थप छानबिन नगर्ने सरकारी नीतिले थप संशय पैदा गरेको छ । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।
विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको हो । १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । तर, नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन भएको छ । १३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको छ ।सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ । प्रतिकिलो सुनमा ८५.७५ तोला हुन्छ । र, ७२ किलो सुनलाई ८५.७५ तोलाले हिसाब गर्दा ६ हजार १७४ तोला हुन आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah