सुनसरी र उदयपुरका दुई छुट्टाछुटै स्थानमा भइकाे सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु र १ जना घाइते भएका छन् । सुनसरीको कोशी गाँउपालिका-२ लौकही-मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्र्याक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ४० वर्षीय मनोज यादवको मृत्यु भएको हो ।ट्याक्टरको ठक्करबाट गम्भीर घाइते यादवको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालक कोशी गाँउपालिका-२ का १८ वर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।उदयपुरको बेल्टारबाट गाईघाट जाँदै गरेको प्रदेश नम्बर १-०५-००१ प ३५९२ नम्बरको मोटरसाइकलले त्रियुगा नगरपालिका-११ मा एक जनालाई ठक्कर दिएको छ । मोटरसाइकलको ठक्करबाट स्थानीय ४६ वर्षीय कर्ण सुन्दास, त्रियुगा-१३ राई चौकका चालक २९ वर्षीय बिरेन राई घाइते भएका थिए । घाइतेमध्ये सुन्दासको न्युरो हस्पिटल विराटनगर मा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा दुई जनाको मृत्यु
सवालनेपालसंवाददाताबुधबार, २२ मङ्सिर २०७८

दुर्घटनामा दुई जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



