श्रीमतीको विवाहेत्तर स म्ब न्धका कारण श्रीमानको मृत्यु भएको छ । भारत मध्य प्रदेशको राजधानी भोपालमा एक महिलाले प्रेमीसंग मिलेर श्रीमानलाई साइड लगाएकी छन् । उनले आफ्नो प्रेमीको साथमा पतिको शव कारको डिक्कीमा हालेर केहीबर घुमिन् । तर ब्यवस्थापन गर्न सकिनन् । उनलाई अब म पक्राृ पर्छु भन्ने लागेपछि आफै प्रहरी कार्यालय गइन् ।

घटना मंगलबारको हो। अपरान्ह एक महिला प्रहरी चौकी पुगेर आफ्नो प्रेमीसँग मिलेर आफुले घटना गराएको बयान दिइन् । सुरुमा त प्रहरीले ती महिलाको कुरा सुनेर पत्याएनन् । लगत्तै प्रहरीले कारको डिक्की खोल्दा शव फेला पर्यो । प्रहरीले तत्काल ती महिला र उनको साथमा आएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संगीता नाम गरेकी ती महिलाले आफ्नो पतिले आफूमाथि शंका गर्ने गरेको बताएकी थिइन् । संगीता उनका छिमेकी पेशाले इन्जिनियर आशीष पाण्डेसँग प्रेममा थिइन् । उनले पाण्डेसँग मिलेर पति धनराजलाई साइड लगाएको भारतीय संचारमाध्यमहरुमा समाचार छ।

आफ्नी पत्नीको पाण्डेसँग स म्ब न्ध रहेको थाहा पाएपछि पति पत्नीबीच विवाद भइरहन्थ्यो । त्यही कारण पत्नीले प्रेमिसँग मिलेर घटना गराएकी थिइन् ।

घटना भएको रात संगीताले श्रीमान् धनराजलाई काडाँ पानी बनाएर दिइन् । त्यसमा पतिले थाहा नपाउने गरी १० वटा स्ली पि ङ ट्यावलेट हालिदिइन् । त्यस पछि धनराज सु ते र उनी मस्त निदाए।

त्यसपछि संगीताले आफ्नो प्रेमी पाण्डेलाई घरमा बोलाइन् । पाण्डेले मस्त निदाइरहेका धनराजको टाउकोमा फलामले हा ने । घटना शव आफ्नो गाडीको डिक्कीमा राखे र दुवैजना मिलेर शव व्यवस्थापन गर्न खोजे । तर, उनीहरुले जसरी भएपनि प्रहरीले आफूहरुलाई पक्राउ गर्ने अनुमान गरे । त्यसपछि लगत्तै उनीहरुले प्रहरीसमक्ष आत्मसर्मपण गरे।