भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सञ्चारमाध्यहरूका अनुसार हेलिकाेप्टर तमिलनाडुको कुन्नुर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हाे ।
समाचारमा जनाइए अनुसार हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्वार गरी अस्पताल लगिएको छ, तर याे समाचारकाे औपचारिक पुष्टि भारत सरकारले अहिलेसम्म गरेकाे छैन ।










