आफुले रोजेको केटासंग विवाह गरेकी छोरीको आमाले नै ज्यान लिएको घटना सार्वजनिक भएको छ । आमाले छोरासंग मिलेर छोरीको ज्यान लिएको खुलेको हो । यो घटना भारत महाराष्ट्र राज्यस्थित स्थित औरंगावाद जिल्लामा भइको हो । गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँटी रेटेको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
१९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग विवाह गरेकी थिइन् । आफै विवाह गरेको भन्दै माइती पक्ष रु ष्ट थिए । गर्भवती रहकी उनलाई माइतीले सहन सकेनन् । परिवारको राजिखुसी विपरित विवाह गरेका कारण घटना भएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
आइतबार भएको सो घटना तीन दिनपछि सार्वजनिक भएको बताइएको छ। ती महिला दुई महिनाको गर्भवती भएको र उनी गर्भवती भएको खबर भाइ र आमा दुवैलाई मात्र थाहा भएको अनुसन्धानबाट खुलेको छ। ति युवतीका भाइ र आमाले घटना स्वीकार गरेको प्रहरीले बताएको छ। हालः दुवैलाई प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ।










