एक सय २९ वर्ष जेल सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी मंगलबार अदालतमा पेस गरेको छ ।

चोरी तथा डकैती मुद्दामा जिल्ला अदालतबाट एक सय २९ वर्ष ७ महिना १५ दिन कैद तोकिएका सिन्धुली तीनपाटन-१ बेलघारीका ३० वर्षीय मगर कान्छा भनिने भेषबहादुर थापा समातिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनलाई १४ लाख ८३ हजार ३ सय ४७ रुपैंयाँ जरिवानाको समेत फैसला भएको थियो । डीएसपी मनोजकुमार लामाका अनुसार ६ जबर्जस्ती चोरी मुद्दा र १२ डाँका चोरी मुद्दामा थापा २०७१ वैशाख १७ र २०७२ जेठ ४ मा दो’षी ठहर भएका थिए ।

प्रहरीले खोजविन गर्ने क्रममा उनलाई सोमबार साँझ पक्राउ गरिएको डिएसपी लामाले जानकारी दिनुभयो । पक्राउ परेका मेषबहादुरलाई आवश्यक का’रवा’हीका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको छ ।