उदयपुरमा आज भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउने उदयपुर चौदन्डीगढी ६ का ३० वर्षीय उमेश राई हुन् । उनको बेल्टारको नगर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । आज बिहानै उनले हाँकेको स.१० प ३१३३ नम्बरको मोटरसाइकल मदन भण्डारी राजमार्गको सातधारे खण्डमा दुर्घटनामा परेको हो । तीव्र गतिमा बेल्टारबाट सदरमुकाम गाईघाटतर्फ आइरहेको समयमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उता फत्तेपुर–रामपुर सडक खण्डको हात्तीसारमा भएको अर्को मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने सिराहा लहान नगरपालिका २२ का ३२ वर्षीय ओम विक हुन् । उनको दुर्घटनास्थलमै ज्यान गएको बताइन्छ । उनले हाँकेको प्र २–०३–००९ प ४८४१ मोटरसाइकल पनि अनियन्त्रित हुँदा दुर्घटनामा परेको हो । उनीसँगै मोटरसाइकलको पछाडि बसेर सवार सप्तरी महुलीकी २५ वर्षे विजय घतानी घाइते भएका छन । उनको धरानस्थित घोपामा उपचार भइरहेको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।
मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु १ घाइते
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:## दुर्घटना

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



