बर्दिया राष्ट्रिय निकुञ्जबाट हातहतियारसहित चारजना शिकारी पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटेका नेपाली सेनाको टोलीले मिति उनीहरूलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ । शिकार गर्ने उद्देश्यले निकुञ्जमा आएका उनीहरूलाई मंगलबार पक्राउ गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ पर्नेममा भेरीगंगा नगरपालिका-५ बर्दियाका लक्ष्मण गिरी, भद्रबहादुर वली, ठगबहादुर थापा र ललित घर्ती छन् । उक्त निकुञ्जको हात्तिखालको बबईपाखा ईलाकाबाट खटिएको टोलीले उनीहरूको साथबाट तीन थान भरुवा बन्दुक. ४१ थान गोली, छर्रा १०० ग्राम, बारुद ३०० ग्राम बरामद गरेको सेनाले जनाएको छ । थप अनुसन्धानको लागि इलाकाले बर्दिया राष्ट्रिय निकुञ्ज ह बुझाएको छ ।
हतियारसहित चार शिकारी पक्राउ
सवालनेपालसंवाददाताबिहीबार, २३ मङ्सिर २०७८

हतियारसहित चार शिकारी पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



