झण्डैं ८ किलो सुकेको गाँजासहित जेष्ठ नागरिक डिलबहादुर गुरुङ् बिहीबार साँझ पक्राउ परेका छन्। गाँजा कारोबारमा संलग्न रहेको भन्दै विशेष सूचनाका आधारमा खोजीकार्य गर्दा ७ किलो ८ सय सुकेको गाँजासहित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले बताए।
पुतलीबजार नगरपालिका २ निवासी ६७ वर्षीय गुरुङ आफ्नै घरभित्र ३ वटा जेब्रा झोला र दुईवटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ परेको बताइएको छ। गाँजा र गुरुङबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारवाही सुरु भइसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।



