बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिए। उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए। ‘वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार गरेको पी’डितले बताएकी छन्,’ न्यौपानेले भने, पीडितले प्रहरीलाई उजुरी गरिसकेपछि दुबै जनालाई नियन्त्रणमा राखेका छौं।’

पी’डित महिला कर्मचारीले लिखित जा’हेरी दिने तयारी पनि गरेको डिएसपी न्यौपानेले सुनाए। उनले भने, पीडित महिलाले जाहेरी दिन जिप्रका आउँदैछु भनेर दिउँसो नै भन्नु भएको हो, तर बेलुकासम्म पनि आउनु भएन, सायद बिहीबारसम्म आउनु होला, जाहेरी दर्ता नहुँदा अनुसन्धान सुरु गर्न सकेका छैनौं।’

पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । पिकनिक खान जाने पूर्व योजनाअनुसार गाउँपालिका ५१ जना कर्मचारीहरु शुक्रबार बिहान १०-११ बजेतिर खजुराबाट टिकापुरको लागि प्रस्थान गरे । टिकापुर पार्कमा पुगेर उनीहरुले दिनभर खानपिनका साथै नाचगान गरेर रमाइलो गरेका थिए ।

पिकनिकमा कतीपय महिला र पुरुष कर्मचारीहरुले मदिरा समेत से’वन गरेको एक कर्मचारीले जानकारी दिए ।पिकनिक खान टिकापुर पुगेका कर्मचारी शुक्रबार राती खजुरा फर्किएनन् । उनीहरुले टिकापुरमै रात बिताएका थिए । सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले महिला कर्मचारीलाई यौ,’न दु’र्व्यवहार गरेको बताइएको छ ।

महिला कर्मचारी बसेकै कोठामा पुगेर सुरुमा शुक्रबार राती लेखा अधिकृत सुनारले यौ,’न दु’र्व्यवहार गरेका थिए भने त्यसको केही समयपछि प्रमुख प्रशासकीय अधिकृत खरालले यौ,’न दु’र्व्यवहार गरेका हुन् । एक कर्मचारीकाअनुसार तीनै जनाले म’दिरा पिएका थिए ।

‘जे गरेपनि त्यही दिनको मदिराले ग¥यो’ ती कर्मचारीले भने, ‘त्यहाँ त त्यस्तो केही कुरा सुनिएन यहाँ आएर मात्र यौन दुर्व्यवहार गरेको भन्ने कुरो आयो । जे भएपनि मदिराले नै गयो ।’महिला कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई कारबाहीको माग गर्दै युवाहरुले खजुरा गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए ।