कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै हिडेका दुई भारतीय प्रहरी पक्राउ परेका छन् । नेपाल प्रहरीले कैलालीमा इजाजत बिना आएका दुई जना भारतीय प्रहरीलाई पक्राउ गरेको छ । भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।

उनीहरु भारतीय सिमानावाट भित्र नेपालको ३ वटा चेकप्वाइन्ट र भन्सार पार गरेर आएका थिए । उनीहरु सवार एचआर ३१ पी ८७७९ नम्बरको टोयोटा गाडीकोे ठ क्क रबाट एक जना घाइते भएपछि उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरू सवार गाडीले टीकापुर–९, झुँगाको पीपल बोटनजिकै ठ क्क र दिएपछि टीकापुर नगरपालिका–९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडिया घाइते भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय प्रहरी झुक्किएर नेपाल प्रवेश गरेको खुलेको बताए।

‘उनीहरु भारतको नै क्षेत्र हो भनेर खक्रौला नाका भएर नेपाल प्रवेश गरेका रहेछन्,’ उनले भने, ‘फर्किने क्रममा भारतीय प्रहरी सवार गाडीले ठ क्क र दिएपछि पक्राउ गरिएको छ।’