विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन चलिरहेको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक २९ मंसिरसम्म चल्ने जनाइएको छ ।

याक्दुहाङ धिरजको कथा सिफारिसमा आधारित रहेको उक्त नाटकले मधेशी परिवेशमा विद्यमान रहेको महिला हिंसा र दाइजो प्रथालगायतका विकृतिहरूलाई उठान गर्दै निरुत्साहित पार्ने प्रयास गरेको छ । एउटा मृत्यु दर्ताको वरिपरि घुमेको उक्त नाटकले समाजमा विद्यमान जालझेल लगायतका विषयमा समेत खरो टिप्पणी गरेको छ ।

नाटकमा समीक्षा दाहाल, कृतिशा काफ्ले, अंशु खतिवडा, सङ्गीता यादव, राजेश ठाकुर, सुरेश विद्रोही, अनिल खत्री, प्रदीप दाहाल, देवेन्द्र यादव, विकास पराजुली र भरत कार्कीले अभिनय गरेका छन् ।

नाटकका लागि मञ्च परिकल्पना तथा निर्माण विकास पराजुली, भरत कार्की र रविन चिमरियाले गरेका छन् । यस्तै ध्वनि परिकल्पना तथा परिचालन निर्मल शर्मा र अशोक गौतमले गरेका छन् भने व्यवस्थापन भैरव क्षेत्री र भवानीशंकर अधिकारीले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah