नेपालगञ्ज – किसानको चर्को दबाबपछि नेपालगञ्जमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरेको छ।

कम्पनीले गत वर्षभन्दा आधा कम कोटा तोकेर धान खरिद गरेको छ। बजारको भन्दा ‘धेरै’ मूल्य तोकेर धान खरिद गरेको कम्पनीले आइतबार पहिलो दिन नै आधा बढी धान गुणस्तर नपुगेको भन्दै फिर्ता गरेको छ। कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामबहादुर विष्टका अनुसार यसपालि २५ हजार क्विन्टल धान खरिद गरिँदैछ। त्यसमा २० हजार क्विन्टल मध्यम र ५ हजार क्विन्टल मोटा धान रहेको छ। गतवर्ष कार्यालयले ५० हजार क्विन्टल धान खरिद गर्ने भनेकोमा ४७ हजार ८ सय क्विन्टल धान खरिद गरेको थियो। कम्पनीले मध्यम धान २ हजार ९०२ रुपैयाँ र मोटा धान २ हजार ७५२ रुपैयाँमा खरिद सुरु गरेको छ। जबकि बजारमा धानको मूल्य दुई हजार आसपासमा रहेको छ। कम्पनीले गुणस्तरमा कडाइसमेत गरेको छ। कम्पनीले पानीले भिजेको, टुसा देखिएको धान खरिद नहुने जनाएको छ।

यस वर्ष कात्तिकमा परेको बेमौसमी वर्षाले धानमा ठूलो क्षति पुर्‍याएको छ। यतिबेला धान पाकेको थियो। कतै काटिसकेको त कतै काट्ने तरखरमा किसान थिए। तीन दिन परेको वर्षाले धानमा ठूलो क्षति पुर्‍याएको हो। खेतमा डुबेको या भिजेको धानको गुणस्तर छैन। किसानले ल्याएका यस्ता धान कम्पनीले खरिद नगरेर फिर्ता गरेको छ। कम्पनीका प्रमुख विष्टले पहिलो दिन नै भिजेको धान सुकाएर ल्याएको र केहीमा टुसासमेत देखिएकाले आधा जति फिर्ता गरिएको बताए। ‘हामीले हिमाली तथा पहाडी जिल्लाका मानिसलाई धान कुटेर चामल पठाउने हो। गुणस्तरहीन धान लिनै कुरै आउँदैन, विष्टले भने, पहिलो दिनको हेर्दा गुणस्तरीय धान धेरै आउने देखिँदैन।’

बाँकेमा ८२५ जना किसानसँग धान खरिद गरिँदैछ। यी ८२५ जना किसानलाई धान बिक्रीका लागि कुपन वितरण गरिएको छ। एकजना किसानले बढीमा ३० क्विन्टलसम्म धान बिक्री गर्न पाउने व्यवस्था गरिएको छ। जिल्ला कृषि ज्ञान केन्द्रले धान बिक्रीका लागि किसानलाई कुपन वितरण गरेको छ। शुक्रबार कुपन वितरण हुँदा किसानको ठूलो भीडले कार्यालयको मुख्य प्रवेशद्वार भत्काइदिएको थियो भने प्रहरीलाई कुपन बाँड्न सकस भएको थियो। कम्पनीले गुणस्तरीय धान आएमा कोटा थप गर्न सकिने जनाएको छ। कम्पनीका प्रमुख विष्टले खोजेको जस्तो गुणस्तरीय धान आइरह्यो भने कोटामा थपघट गर्न सकिने बताए। कात्तिकको बेमौसमी वर्षाले ठूलो मात्रामा धानबालीमा नोक्सानी गरेकाले कम्पनीले यसवर्ष धान खरिदको कोटा घटाएको छ। यसवर्ष नेपालगञ्जमा मात्रै नभएर देशभरकै कार्यालयबाट धान खरिद कम हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah