काठमाण्डाै – पुँजीबजार सुदृढीकरण बृहत् कार्यदलले अत्यावश्यक नपरी शेयर नबेच्न लगानीकर्तालाई आग्रह गरेको छ । शेयर बजार लगानीकर्ता सम्बद्ध सबै संस्थाको संयुक्त कार्यदलले अहिले प्रतिकूल अवस्था रहेको तर हल्लाको भरमा शेयर नबेच्न आग्रह गरेको हो ।

कार्यदलले आज साेमवार विज्ञप्ति निकालेर अर्थ मन्त्रालयले तीन वर्षअघि नै गर्छु भनेका ५८ वटा बुँदाका काम नगर्दा अहिले पुँजीबजार गम्भीर सङ्कटमा परेको भन्दै सङ्कट समाधानका लागि पटक–पटक गरेको आग्रह नसुनेको उल्लेख गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै ४५ खर्ब पुँजी पुगेको शेयर बजारले १२ खर्ब रुपैयाँ गुमाइसकेको भन्दै कार्यदलले ५८ बुँदे माग तत्कालै सम्बोधन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । अवस्था थप बिग्रिएमा सम्पूर्ण जिम्मेवार सरोकारवाला निकाय नै हुने पनि कार्यदलले चेतावनी दिएको छ ।