सेयर बजार मापक सूचक नेप्से ६ प्रतिशत बढेपछि आज दिउँसो १ बजेर २६ मिनेटमा कारोबार बन्द भएको छ।

बिहान ११ बजेदेखि ३ बजेसम्म बजारमा कारोबार हुने गरेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज १२ बजेर ३८ मिनेट जाँदा बजार ५ दशमलव १ प्रतिशतले बढे पछि ४० मिनेटका लागि स्थगित गरिएको थियो।

दिउँसो १ बजेर १८ मिनेटमा बजार पुःन खुलेको थियो। बजार खुल्दा ६ दशमलव १ प्रतिशतले नेप्से बढेपछि डेढ घण्टा अगावै बजार बन्द गरिएको हो।

आज नेप्से सूचक १३७ अंकले सुधार भएर २४१८ अंकमा रोकिएको छ। ५० भन्दा धेरै कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

२२० कम्पनीका ४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ करोड २६ लाख ४७ हजार १ सय ४४ रुपियाँ बराबरको कारोबार भएको छ।