काठमाडौँ – माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारमा अवस्थित स्थानीय व्यवसायीलाई क्युआरकोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरु गरेको छ। नगद रहित कारोबारलाई प्रवद्र्धन गर्न ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यसाथ सुरु गरिएको हो।

उक्त सेवाको कन्काई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताबारे बताए। उक्त क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकले आफूले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्।

आफूले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकका साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायत सुविधाका कारण क्युआरकोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah