विराटनगर : मोरङको केराबारी गाउँपालिका–९ देवीझोडामा जंगली हात्तीले आतंक मच्चाएको छ। हात्तीको आक्रमणमा परेर तीन जना घाइते भएका छन्।

हात्तीले आक्रमण गर्दा सुरेन राईकी श्रीमती अस्मिता र ५ महिनाका छोरा क्यालबिन राई घाइते भएको वडा सदस्य नरबहादुर मगरले जानकारी दिए। उनका अनुसार हात्तीले लछारेर घाइते बनाएका आमा–छोराको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार अस्मिताको देव्रे खुट्टा र करङ भाँचिएको छ। दुवै जना खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

मंगलबार राति ९ बजेतिर जंगलबाट आएको हात्तीले सुरेनको घरमा पनि क्षति पुर्‍याएको वडा सदस्य मगरले बताए। उनका अनुसार टिनको छानो र टाटीबेरा लगाएर बनाइएको घरमा क्षति पुर्‍याउँदा ३० हजार बराबरको क्षति भएको छ। हात्तीले घरमा राखेको धान, चामल, मकै लगायतका अन्न पनि खाइदिएको जानकारी मगरले दिए।

त्यस्तै हात्तीले देवीझोडाकै गजेन्द्र लिम्बूको घरमा पनि क्षति गरेको छ। टिनको छानो र काठको बेरा भएको घरमा हात्तीले क्षति गरेको मगरले बताए। उनका अनुसार घर बनाउनलाई ल्याएको सिमेन्टका बोरा र कर्कटपाता पनि हात्तीले बिगारिदिएको छ।

हात्तीको आक्रमणमा परेर गजेन्द्रकी नातिनी १७ वर्षीया प्रतीमा लिम्बू गम्भीर घाइते भएकी छन्। उनको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

वडा सदस्य मगरका अनुसार सुरेनको घरमा मंगलबार राति ९ बजेतिर र गजेन्द्रको घरमा बुधबार बिहानका राति २ बजेतिर दुईवटाको संख्यामा आएका जंगली हात्तीले क्षति पुर्‍याएको हो। घरमा क्षति पुर्‍याएर मान्छेलाई आक्रमण गर्न थालेपछि प्रहरीको सहयोगमा स्थानीयले हात्तीलाई लेखेटेका छन्। स्थानीय र प्रहरीले खेदाएपछि हात्ती पश्चिमको जंगलतर्फ लागेको जानकारी मगरले दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah