२८ मंसिर, काठमाडौं । तीन जनाको ज्यान गएको चर्चित सुन तस्करी प्रकरणमा ‘गायब’ भएको भनिएको साढे ३३ किलो सुनका मालिक को थिए ? धेरैलाई लाग्न सक्छ, सुन चुडामणि उप्रेती ‘गोरे’ को हो ।
तर गोरे त सुन तस्करीको र्याकेटका एक मोहोरा मात्र थिए, जसको काम यूएईबाट हङकङ हुँदै नेपालसम्म सुन भित्र्याउनु मात्र थियो । जुन सुन स्थलमार्ग हुँदै भारतसम्म पुर्याइन्थ्यो ।



