भारतमा लगेर सेक्युरिटी (सुरक्षा) गार्डको जागिर लगाइदिने भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । ठगी गर्ने गोर्खाको लखन गाउँपालिका–२ का ३८ वर्षीय गणेशराज अर्याल पक्राउ परेका हुन् । उनले विभिन्न व्यक्तिमाथि ठगी गरिरहेको खुलेको प्रहरीले जनाएको छ । ठगीमा परेको भन्दै अर्यालविरुद्ध उदयपुरको त्रियुगा नगरपालिका–८ का उमेशकुमार दनुवार र प्रेमकुमार दनुवारले मोरङ प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार अर्यालले उमेशकुमार र प्रेमकुमारबाट पटक–पटक गरेर एक लाख ७३ हजार रूपैयाँ लगिसकेको खुलेको छ । ठगी गरेको उजुरीका आधारमा अर्याललाई विराटनगर महानगरपालिका–१० बसपार्कबाट पक्राउ गरिएको जानकारी श्रेष्ठले दिए । ‘अर्यालबाट अरु धेरै सर्वसाधारण ठगिएका छन्,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म दुईजनाको मात्रै उजुरी परेको छ।’ प्रहरीका अनुसार भारतमा लगेर सेक्युरिटी गार्डको जागिर लगाइदिने भन्दै पैसा उठाएर उनले ठगी गरिरहेको फेला परेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले ठगीमा परेका अरु सर्वसाधारणलाई पनि प्रहरीको सम्पर्कमा आएर अर्यालविरुद्ध कारबाहीका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार अर्यालयविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah