भारतको बथनाहमा एउटा रेल दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कटिहार–जोगबनी रेल खण्डको बथनाहामा रेल पल्टिएर दुर्घटना भएको हो ।
प्राप्त जानकारी अनुसार बथनाहा रेल्वे स्टेसनको रेक पइन्टमा सिमेन्टको बोरा क्रममा सिमेन्टले भरिएको बोगी पल्टिँदा दुर्घटना भएको हो ।
रेल दुर्घटना हुँदा चार जना मजदुरहरु समेत घाईते भएका छन् । घाईते मजदुरहरु सिकन्दर पासवान, मनोज साह, रविश पासवान र प्रकाश पासवान घाइते भएका छन् । घाइते सवैको स्थानिय अस्पातालमा उपचार भइरहेको जनाइएको छ ।










