पाकिस्तानको कराची शहरमा एक महिला अधिकारकर्मीको दिनदहाडै हत्या भएको छ। बीबीसीका अनुसार मंगलबार ती महिलाको चक्कु प्रहार गरी हत्या भएको हो। प्रहरीले दिएको खबरअनुसार २४ वर्षकी सबा असलम आफ्नो घरबाट बाहिर काममा निस्कन लागेकी थिइन्। सोही क्रममा मोटरसाइकलमा आएका दुई नकाबधारी व्यक्तिले उनीमाथि यस्तो गरिएको थियो ।
समाजसेवी संस्था छिपा वेलफेयरको एम्बुलेन्समा उनलाई तत्काल अस्पताल लगिएको थियो यद्यपी उनको उपचारकै क्रममा मृत्यु भयो। यो घटनामा सबा असलमकी एक छिमेकी पनि संलग्न भएको प्रहरीले बताएको छ।










