सुनसरीको इटहरी उपमहानगर, नेपाल नेत्रज्योति संघ र सेवा फाउन्डेसनको सहकार्यमा निर्माण गर्न लागिएको आँखा अस्पतालको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले इटहरीमा आँखा अस्पताल बनेपछि यस क्षेत्र वरपरका नागरिकलाई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आँखा अस्पताल सहरको महत्त्वपूर्ण अंगका रूपमा विकास हुने उनको भनाइ छ । गुरुयोजना बनाएर नगरको विकास गर्न उनले सुझाव दिए । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले परियोजना छिट्टै सम्पन्न भएर आँखा अस्पताल सुरु हुने विश्वास दिलाए । नेपाल नेत्रज्योति संघका अध्यक्ष चेतराज पन्थले संघको २६आँै अस्पताल इटहरीमा शिलान्यास भएकामा खुसी व्यक्त गरे । देशका २५ ठाउँमा २५ वटा अस्पताल र १३० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको जानकारी उनले दिए । वडा नम्बर १८ का वडाध्यक्ष श्रीनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त । कार्यक्रममा वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल साहले आफ्ना बुबाआमाको स्मृतिमा अस्पतालका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । १० कठ्ठा क्षेत्रफलमा करिब २५ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुनेछ ।
इटहरीमा आँखा अस्पतालको शिलान्यास
सवालनेपालसंवाददाताबुधबार, २९ मङ्सिर २०७८

इटहरीमा आँखा अस्पतालको शिलान्यास
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



