प्रहरीले दाडको तुलसीपुरबाट लागु औषधसहित १० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले २ ग्राम ९६० ग्राम मिलीग्राम लागु औषध (ब्राउन सुगर) सहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तुलसीपुर ५ का २१ वर्षीय वीरबहादुर बिक, तुलसीपुर ८ का २५ वर्षीय अमर गन्दर्भ, तुलसीपुर १ भमकेका ३३ वर्षीय वीरबल बिरकट्टा, तुलसीपुर १८ बेलझुण्डी बस्ने २३ वर्षीय बैशाल सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना रहेका छन् । त्यस्तैगरी तुलसीपुर १ भमके बस्ने २२ वर्षीय विनोद भण्डारी, वडा नं. ५ बस्ने २४ वर्षीय देवीराम हल्वाई, वडा नं. ९ का २४ वर्षीय एकराज भण्डारी, वडा नं. ५ कै २६ वर्षीय मानबहादुर विक र कुमाख गाउँपालिका २ खानीखोला सल्यानका हाल तुलसीपुर बसपार्कमा बस्दै आएका २८ वर्षीय वीरबहादुर चलाउने लाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाडका डिएसपी श्यामु अर्यालले बताएका छन् । पक्राउ परेकाहरु तुलसीपुरका विभिन्न स्थानमा लागुऔषध बिक्री वितरण, ओसारपसारमा संलग्न रहेको प्रहरीको भनाई छ ।
तुलसीपुरबाट लागुऔषधसहित १० जना पक्राउ
सवालनेपालसंवाददाताबुधबार, २९ मङ्सिर २०७८

तुलसीपुरबाट लागुऔषधसहित १० जना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



