काठमाडौँ — तरलता अभाव कायमै रहेको अवस्थामा पनि कर्जा प्रवाह नरोकिएपछि बैंकहहरूको कर्जा निक्षेप (सीडी) अनुपात ९८ प्रतिशतभन्दा माथि पुगेको छ । यो राष्ट्र बैंकद्वारा निर्देशित सीमा भन्दा करिब ८ प्रतिशत विन्दुले बढी हो । राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्नुपर्छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको सीसीडी (मुल पुँजी तथा निक्षेपमा कर्जा) अनुपात खारेज गरेर राष्ट्र बैंकले सीडीको व्यवस्था लागू गरेको हो । तर बैंकहरुले आउँदो असारसम्म सीडी अनुपात ९० प्रतिशत माथि कायम गर्न पनि छुट पाएका छन् । यसकारण हाल ९० प्रतिशतभन्दा धेरै सीडी अनुपात भएका बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको छैन । सीडी अनुपात ९० प्रतिशत माथि रहेको अवस्थामा पनि निरन्तर कर्जा बढाउने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले पटक पटक सचेत गराउँदै आएको छ । यस्तो अवस्थामा अधिकांश बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि छ ।

स्रोतका अनुसार गत सातासम्म बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात औसत ९२ प्रतिशत हाराहारीमा छ । सोही अवधिमा संस्थागत रुपमा केही बैंकको सीडी अनुपात अधिकतम ९८.६८ प्रतिशतसम्म पुगेको छ भने न्यूूनतम ८७.३३ प्रतिशत छ । जसअनुसार १८ वटा बैंकको सीडी अनुपात ९० प्रतिशत माथि छ । बाँकी ८ वटा बैंकको सीडी अनुपात ९० प्रतिशतभन्दा कम छ । आउँदो असार मसान्तसम्म सीडी अनुपात अधिकतम ९० प्रतिशतसम्म कायम गर्ने कार्ययोजना बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पेश गर्नुपर्ने भएको छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा अनुगमन हुनेगरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्न राष्ट्र बैंकले गत बिहीबार निर्देशन दिएको हो ।

‘२०७९ असारसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ । तोकिएको कर्जा–निक्षेप अनुपात अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत तरलता कायम गर्नुपर्नेछ । यसको अर्थ बैंक तथा वित्तीय संस्थामा नगद र तोकिएको ऋणपत्रमा लगानी रहेको रकम २० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । गत सातासम्म अधिकांश बैंक तथा वित्तीय संस्थाले यो निर्देशन पनि उल्लंघन गरेका छन् । स्रोतका अनुसार गत सातासम्म संस्थागत रुपमा केही बैंकको तरलता अधिकतम २७.२९ प्रतिशत र न्यूनतम १३.३३ प्रतिशतसम्म छ । जसअनुसार गत सातासम्म १६ वटा बैंकको तरलता २० प्रतिशतभन्दा कम छ । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्थाबारे हरेक दिन राष्ट्र बैंकमा जानकारी दिनुपर्छ । तर, मासिक रुपमा गणना गर्दा २० प्रतिशतभन्दा कम तरलता भएको अवस्थामा राष्ट्र बैंकले कारबाही गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah