नेपाली बजारमा मंगलवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. २०० ले बढेको सुनको भाउ मंगलवार रू. ८०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९३ हजारमा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ८०० ले घटेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला रू. १ हजार २४५ मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले घटेर १ हजार २३५ मा किनबेच भइरहेको छ ।