काठमाण्डाै - केही दिनयता लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

सुनकाे भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।