काठमाडौं– पछिल्लो एक महिनायता केही दिन बाहेक निरन्तर रुपमा गिरावट हुँदै आएको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार भने बढेको छ।

सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्यधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षाले नेप्से परिसूचकमा हरियाली छाएको हो। सोमबार १७.९३ अंकले गिरावट आएको नेप्से परिसूचक आज ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको छ। यता ठूला कम्पनीको बजार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११.३४ अंकले बढेर ४६२.५२ अंकमा पुगेको छ।

आज कारोबारमा आएका २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ। सोमबार २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबार नेप्से सूचक बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ। जसमा सबै भन्दा बढी अन्य उपसमूहको ३.८८ प्रतिशत, हाइड्रोपावर ३.६३ प्रतिशत, विकास बैंक उपसमूहको ३.४१ प्रतिशतले बढेको छ। भने बैंकिङ्ग उपसमूह २ प्रतिशत, व्यापार २.९२ प्रतिशत,र्निजिवन बिमाको २.०४ प्रतिशत, लगानी उपसमूहको १.९३ प्रतिशतले बढेको छ।

आजको कारोबारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ। मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशत, जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ।

त्यस्तै गोर्खाज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ।

कारोबारको आधारमा सबैभन्दा बढि हिमालयन डिस्टिलरीको १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। भने नबिलको १४ करोड १८ लाख रुपैयाँ र नेपाल टेलिकमको १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah