अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । ‘जिल्लाको डीएसपीसँग छोटो कुरा भयो भखरै, प्रहरीले चन्द्रेलाई खार्पुनाथमा फेला पारेको छ’ डीआईजी ऐरले भने, ‘जिल्ला सदरमुकाम ल्याइँदैछ, राम्रोसँग फोन सम्पर्क हन सकेन ।
बाँकी विवरण जिल्ला पुगेपछि मात्रै प्राप्त हुन्छ।’हुम्लाको सर्केगाड गाउँपालिका(१ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका(४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए । रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए।
त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।चन्द्रलाई केटी पक्षले नै बेपत्ता पारेको चन्द्रका परिवारले दाबी गरेका थिए । १५र२० जनाको समूहले मध्यराति छरछिमेकीको घरमासमेत तालाबन्दी गरी चन्द्रे र किशोरीलाई लिएर गएको परिवारले आरोप लगाउँदै आएका छन् ।
तर, केटीको परिवारले भने चन्द्रेलाई घरमै छोडेर गएको प्रहरीसमक्ष बताएको थियो । केटीका बुवा नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले नियन्त्रणमा लिएर हुम्लाको जिम्मा लगाएको हो।










