पुस ६, काठमाडौँ | शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा। त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ।

अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ। दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ। यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

– काम गर्दागर्दै आँखालाई केहीबेर आराम दिनु पर्दछ।

– दुवै हत्केला रगडेर तातो बनाइ आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ।

– गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपूर भएका पहेँला फलफूल खाने।

– दैनिक पैताला र खुट्टाका औँलामा सस्र्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ।

– पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ।

– राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ।