केबि महरा/ कैलाली : जिल्लाको घोडाघोडी नगरपालिका १२ मा अवस्थित राष्ट्रिय माबिको बिद्यालय ब्यबस्थापक समितिको मनोनयन प्रक्रियामा ज्येष्ठ नागरिक सुन्दर प्रसाद कुस्मि लगाएतका अविभाबकले आफ्नो असहमति व्यक्त गरेका छन्।

पौष ६ गते बिद्यालयमा आयोजित बैठकद्वारा बिद्यालय ब्यबस्थापन समितिलाई पुर्णता दिने विषयमा छलफल गरिएको थियो ।
उक्त बैठक ज्येष्ठ नागरिक सुन्दर प्रसाद कुस्मिकै अध्यक्षतामा बसेको भएपनी बैठककै बिच आफ्नो असहमति राख्दै कुस्मी बैठक स्थल बाट बाहिरिएका थिए । तथापि बहुमत सदस्यको सहमती द्वारा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षका लागि खुशिराम चौधरीको नाम अनुमोदन गरिएको थियो ।
बिब्यस पदाधिकारी चयनका विषयमा दशैं अगावै अविभाबक भेला द्वारा ४ जना सदस्य चयन गरिएको थियो । चयन गरिएका ४ जनाको बहुमत संख्याले अध्यक्ष सहित २ जना छान्न पाउने प्रावधान शिक्षा नियमावलीमा गरिएको छ ।

“प्रक्रिया र बहुमतका आधारमा आफुहरु मनोनीत भएपनी लोकतान्त्रिक प्रणालिमा आफ्नो असहमति राख्न पाउने सबैको अधिकार हुन्छ” अध्यक्ष खुशिराम चौधरिले भनेका छन्।

बिब्यस समिती गठनको प्रक्रिया सहमतिबाटै अघि बढाउन प्रयास गरिएको भए पनी त्यसो हुन नसकेको बिधालयका प्रधानाध्यापक सन्तोष कुमार चौधरीले स्विकार गरेका छन्।

बिद्यालयको हितका सवालमा राजनीति हुन खोज्नु चिन्ताको बिषय भएकोले समग्र बिद्यालयको बिकासमा आफुहरुको ध्यान रहने नव गठित बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खुशिराम चौधरीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah